Skip This
एकै दिन डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना संक्रमण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Tuesday, 16 September, 2025
२o७९ श्रावण २५ बुधबार ११:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एकै दिन डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार ११:५६:oo

दक्षिण कोरियामा एकै दिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड– १९ बाट संक्रमित भएका छन्। सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो। ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो। मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड– १९ बाट संक्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ।

त्यसैगरी, गम्भीर अवस्थामा बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई  पुगेको छ। सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेको संख्या २५ हजार तीन सय ८२ पुगेको छ। रासस/सिन्ह्वा