मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Sunday, 19 January, 2025
२o७९ श्रावण १७ मंगलबार १८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुलाका वडा तहमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १८:३४:oo

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दार्चुलाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै विवरण संकलन गर्ने भएको छ। असोजभित्र जिल्लाका सबै नागरिकको विवरण संकलन गर्ने लक्ष्यसहित वडा तहमै विवरणको लागि टोली पठाउन लागेको हो।

अभियान सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाबाट सुरु गरिने भएको छ। ९ वटा स्थानीय तह रहेको दार्चुलाका सबै वडावडामा पुगेर अभियान सुरु हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिए। जिल्लाका ६१ वटै वडामा असोजभित्र सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाइसक्ने लक्ष्य  छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मंगलबार जिल्लास्थित ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सञ्चारकर्मीको उपस्थितिमा अभियानबारे जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालयमा २०७७ असोज २ गते बाट राष्ट्रिय परिचयको लागि विवरण संकलन सुरु भएको भए पनि वडा तहबाट पहिलोपटक अभियान लगिएको हो।

अभियानअन्तर्गत रुजु गर्न वडा सचिवहरूलाई नै जिम्मेवारी दिएको छ। जिल्लाको लागि पहिलो चरणमा ३५ वटा स्टेसनमार्फत परिचयपत्र विवरण संकलनको काम हुनेछ। जनसंख्याको आधारमा एउटा वडामा १० देखि १५ दिन लगाएर विवरण संकलनको काम गरिनेछ।