मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १७ मंगलबार १७:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रभु बैंक र एनआरएनएबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १७:२९:oo

प्रभु बैंक लिमिटेड र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनआरएनएका अध्यक्ष विनोद कुँवरले मंगलबार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

'मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौँ' भन्ने मूल नाराका साथ प्रभु बैंक र एनआरएनएले आफ्ना सदस्यसहित सबै गैरआवासीय नेपालीहरूले विदेशका जुनसुकै देशहरूबाट विदेशी मुद्रामा बचत तथा मुद्धति खाता खोल्न सक्ने व्यवस्था गरेका हुन्। यी खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर एक हजार वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने सम्झौतापत्रमा उल्लेख छ।

यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको नीति, नियम तथा निर्देशनको अधिनमा रही विदेशबाटै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न सकिनेछ। यसरी जम्मा गरेको रकम तथा ब्याज विदेश फिर्ता लानुपरेमा भने जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाइनेछ। यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ।