मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १५ आइतबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इयूले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउँछ : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १५ आइतबार १७:३१:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (इयू)ले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन् । आइतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालोसूचीबाट हटाउने बताएका हुन् । आइकाओले गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको उनको भनाइ थियो । सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौँ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने  उनले बताए ।  

‘युरोपियन युनियनको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसको लागि हामीले उच्च प्राथमिकताकासहित काम अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेकै हौँ । सम्बन्धित निकायहरूसँग कुराकानी गर्ने काम पनि निरन्तर रूपमा भइरहेकै हो । आइकाओले अडिट गरेको अवस्थामा हामीले जुन पोजिसन पाएका छौँँ, हामीले राम्रो स्कोर पाएका छौँ’, उनले भने, ‘अब उनीहरूले हामी सहकार्य गर्न चाहन्छौँ, पार्टनरसिपमा हामी जान चाहन्छौँ, त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भनेर क्यानको महानिर्देशकलाई सम्बोधन गरी लेटर पठाएको छ । अब हामी यो प्रक्रियाबाट चाँडै नै युरोपियन युनियन अथवा इसाको तर्फबाट हामीलाई जुन लिस्डेट भइरहेको स्थिति हो, त्यसबाट अनसाइट अडिट भइसकेपछि हामी यो लिस्टेड बाट हट्छौँ र युरोप फ्लाइटहरू पनि गर्न सक्ने स्थिति निर्माण हुन्छ भन्ने मलाई लाग्छ  ।’

मन्त्री श्रेष्ठले भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरिने पनि बताए ।  त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरू बढाएर पूर्ण रूपमा सञ्चालन गरिने उनले बताए ।