मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Thursday, 10 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ श्रावण ९ सोमबार १८:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लक्ष्यअनुरूप कञ्चनपुर भन्सारले राजस्व संकलन गर्न सकेन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १८:o६:oo

पश्चिम नेपालको कञ्चनपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो। 

भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, अन्तशुल्कबापत गरी ८७.५८ प्रतिशत मात्रै भन्सार राजस्व संकलन गरेको छ। मूल्य अभिवृद्धि कर मात्रै लक्ष्यभन्दा बढी असुल भएको छ भने भन्सार शुल्क र अन्तशुल्क राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। 

भन्सारतर्फ ७६.९०, मूल्य अभिवृद्धि करतर्फ ११४.०४ र अन्तशुल्कमार्फत ७३.१२ प्रतिशत मात्रै राजस्व असुली भएको छ। कञ्चनपुर भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५२ करोड ७७ लाख ६० हजार भन्सार राजस्व संकलन गर्ने लक्ष्य रहे पनि ४६ करोड, २२ लाख, ३८ हजार मात्रै भन्सार संकलन भएको छ। लक्ष्यभन्दा ६ करोड, ५५ लाख, २२ हजार कम राजस्व संकलन भएको छ।