मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका क्यानबेरा
२o७९ श्रावण ६ शुक्रबार २o:o४:oo
Read Time : < 1 मिनेट
विश्व

अस्ट्रेलियामा जन्मदर घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यानबेरा
नयाँ पत्रिका
२o७९ श्रावण ६ शुक्रबार २o:o४:oo

अस्ट्रेलियाको  जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्यांकले देखाएको छ। देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो। 

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्ल्यु) ले आज सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रतिएक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ। कोभिड–१९ महामारीको पहिलो महिनाको तथ्यांक प्रस्तुत गर्दै एआइएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशु जन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ।

सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औसत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० मा ३० वर्षकै उमेरमा उनीहरूले सन्तानोत्पादन गरेका थिए। अस्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।