१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १ आइतबार o६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

 लन्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार o६:२८:oo

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न, पर्यटन पूर्वाधार र जलविद्युत्मा लगानी गर्न गैरआवासीय नेपालीलाई बैंकको आग्रह

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लन्डनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

ग्लोबल आइएमईको लन्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको जानकारी गराइएको थियो । साथै, मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई आह्वानसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र पर्यटन पूर्वाधार तथा जलविद्युत् आयोजनामा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । ‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौँ र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका सातवटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ,’ उनले भने, ‘तपाईंहरूले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’

बेलायतस्थित नेपाली राजदूतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण रहेको बताए । डिसिएम खनालले ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रशंसा गर्दै दूतावास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारे जानकारी गराएका थिए । 

उक्त अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन–नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लन्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष्य गुरुङ, टिएनबी ग्यारिसनका कमान्डिङ अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए ।