Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७९ असार ३२ शनिबार १६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिल्ली पुगेर प्रचण्डले भने– १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७९ असार ३२ शनिबार १६:२१:००

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्। भारत भ्रमणमा रहेका प्रचण्डले ‘फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसी’ले शनिबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा कूटनीतिक संवादमार्फत दुई मुलुकबीच देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताएका हुन्।

सो अवसरमा उनले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने स्पष्ट बताए ।