Skip This
दाङमा जंगली च्याउ खाँदा ६ जना बिरामी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २६ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ असार २६ आइतबार १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा जंगली च्याउ खाँदा ६ जना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २६ आइतबार १o:५९:oo

दाङमा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

रिजालका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका– ११ खैरानिवासी ४२ वर्षीय भोला बिसी, छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही– १२ हापुरनिवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समीर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ ।

बिरामीहरू सबैकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।