१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार १६:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ५७ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १६:२४:oo

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आइतबार बढेको हो। आइतबार नेप्से ५७.६५ अंकले बढेर दुई हजार ८६.४२ बिन्दुमा पुगेको छ।

सेन्सेटिभ इन्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०८ अंकले बढेको छ। आइतबार कारोबारमा आएका दुई सय ३१ कम्पनीको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर दुई अर्ब ४८ करोड चार लाख ७३ हजार रुपैयाँबराबरको कोराबार भएको छ। अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

नेप्सेका सबै १३ उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूह सर्वाधिक ९.३० प्रतिशत तथा जलविद्युत् ५.६५ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्से बढेसँगै कारोबारमा आएका सात कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाइसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज ३० कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।  कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री गरेर ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ।  हिमालयन डिष्टिलरीको करिब नाै करोडको सेयर कारोबार भएको छ।