अग्नि नियन्त्रक किशोरकुमार भट्टराईद्वारा लिखित आगोबाट बच्ने उपायसहितको पुस्तक ‘आगो’को विमोचन गरिएको छ। सोमबार एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरिएको हो।
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुखसमेत रहेका भट्टराईले आफूले आगो नियन्त्रणको क्षेत्रमा भोगेका अनुभव, सिकाइ तथा आगोबाट बच्ने उपाय, क्षति र यसको व्यावहारिक प्रयोगलाई पुस्तकमा समेटेका छन्। विमोचन कार्यक्रममा बोल्दै भट्टराईले पुस्तकले आगलागी नियन्त्रणको उपाय सिकाउने बताए। ‘आगो जन्मदेखि मृत्युसम्म नभई नहुने चिज हो, तर यही आगो मानवीय नियन्त्रणबाहिर गएमा ठूलो मात्रामा जनधनको क्षति हुन्छ,’ उनले भने, ‘नेपालमा आगलागी नियन्त्रण तथा उद्धारको विषयमा नेपाली भाषामा लेखिएको पुस्तकको अभाव छ, यो पुस्तक नै त्यसको लागि उपयोगी बन्न सक्छ।’ उनले यो पुस्तकले सर्वसाधारणलाई आगोसम्बन्धी जानकारी दिने बताए। भट्टराईले यो किताब बिक्रीबाट प्राप्त रोयल्टी समुदायमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी सचेतना अभिवृद्धिमा खर्चिने जानकारी दिए।
अग्नि नियन्त्रक भट्टराईको पुस्तक ‘आगो’को विमोचन
पूर्वीय परम्परामा लैंगिक विविधता
३ हप्ता अघि
यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ सार्वजनिक
३ हप्ता अघि
सरोज भट्टराईको कृति ‘कलेजी प्रेम’ लोकार्पण
३ हप्ता अघि
अमेरिकाबाट पोडकास्टमार्फत दुई नेपाली कृति विमोचन
३ हप्ता अघि
सुझावित समाचार
षडानन्द पुरस्कार २०८३ को घोषणा
काठमाडौं । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द पुरस्कार २०८३ प्राध्यापक डाक्टर संस्कृतिविद् तथा समाजशास्त्री प्रेमकुमार…
विचार र समयको ऐना
राजनीतिक व्यक्तिको जीवनी लेख्नु भनेको उसका पद, जिम्मेवारी र उपलब्धिको सूची बनाउनु मात्र होइन, उसको व्यक्तित्व निर्माण गर्ने परिवार…
केही छोटा कविता
विडम्बना जो रहनुपर्ने थियो ऊ गयो जो जानुपर्ने थियो ऊ रह्यो । पश्चात्ताप जीवनको पूर्वाद्र्धमा सपना देख…
‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक कृतिहरू एकैसाथ सार्वजनिक
काठमाडौं । अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागर राईको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेत…
अमेरिकाबाट पोडकास्टमार्फत दुई नेपाली कृति विमोचन
काठमाडौं/ अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गी…
यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ सार्वजनिक
काठमाडौं/ यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण गरिएको छ। शनिबार एक समारोहबिच त्रिविका प्राध्यापक डा. मह…