१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०६:४७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

राजधानीमा फेरि देखियो हैजा,  दुई बिरामीको आइसियूमा उपचार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३ शुक्रबार ०६:४७:००

राजधानीमै हैजाको संक्रमण पनि पुष्टि भएको छ । दोलखा घर भई बागबजार बस्दै आएका दिदी–बहिनीलाई हैजा पुष्टि भएको छ । बुधबार चटपटे खाएका उनीहरूलाई साँझबाट झाडापखाला सुरु भएको थियो । उपचारका लागि मोडल अस्पताल पुगेका उनीहरूलाई कलेरा पुष्टि भएको भन्दै चिकित्सकले टेकु अस्पताल रिफर गरेका थिए । बागबजार क्षेत्रमा हैजा फैलिएको चिकित्सकको अनुमान छ । 

टेकुमा उपचाररत दिदी–बहिनीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । निरन्तर दिसा भएको, तर पिसाब नभएपछि चिकित्सकहरूले आइसियूमा भर्ना गरेका छन् । उनीहरूले जारको पानी प्रयोग गर्दै आएको बताएका छन् ।

पछिल्ला केही दिनदेखि सरुवारोग अस्पताल टेकुमा झाडापखालाका बिरामी बढिरहेका छन् । बुधबार ६ जना अस्पताल भर्ना भएकोमा बिहीबार दिउँसो १ बजेसम्म १६ जना भर्ना भएका छन् । उपचारका लागि आएका सबै गम्भीर अवस्थाका भएको आकस्मिक विभाग प्रमुख लीलानाथ भण्डारीले बताए । राजधानीको फोहोर नउठेपछि केही दिनयता झाडापखालाका बिरामी बढेको उनले बताए ।