१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Saturday, 05 July, 2025
२o७९ जेठ २८ शनिबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा पहिलोपटक नेपाली सेनाको भर्ती छनोट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार १२:o६:oo

मुगुमा पहिलोपटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ । रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलोपटक भर्ती खोलेको हो ।

पाँच महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बूले जानकारी दिए। भर्ती हुन जिल्ला र बाहिरी जिल्ला बर्दिया, हुम्ला, जुम्ला, बाजुरा, दैलेख, रौतहटलगायतका जिल्लाबाट युवाहरूको उपस्थित रहेको छ। अहिले आवेदन दिएकाहरूको शारीरिक परीक्षण र स्वास्थ्य रिपोर्ट छनोट भइरहेको लिम्बूले बताए ।