मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले पोखरा अन्नपूर्ण केबलकारको सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले पोखरा अन्नपूर्ण केबलकारको सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको कम्पनीले जनाएको छ । केबलकारको टप स्टेसन सराङकोटमा स्विङ, स्काई साइक्लिङ, टावर रेस्टुरेन्टलगायतका अन्य विभिन्न सेवाहरू उपलब्ध रहेको जनाइएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवा प्रदान गरिरहेको बैंकले छ ।
 

सुझावित समाचार