१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७९ जेठ २४ मंगलबार o६:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुरमा ग्लोबल आइएमईको भवन शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o६:o५:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । 

यसका साथै बैंकले लगभग पाँच सयजनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङसम्बन्धी सचेतना र्‍यालीको पनि आयोजना गरेको जनाएको छ । सचेतना र्‍याली नारायणी नदी–किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको बैंकले जनाएको छ ।

 बैंकले हाल देशका ७६ जिल्लामा दुई सय ८८ शाखा, दुई सय ६० एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।