१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१६:oo

एनआइसी एसिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । राठीलाई बैंक सञ्चालक समितिले नियुक्त गरेको हो ।  यसअघि राठी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

उनको कार्यकाल साउन १ देखि लागू हुने बैंकले जनाएको छ । राठीले बैंकिङ क्यारिअर ०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकका रूपमा सुरु गरेको जनाइएको छ । त्यसपछि उनी विराटनगरस्थित प्रादेशिक कार्यालय प्रमुख, विभिन्न इकोसिस्टमहरूको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको जनाइएको छ । 

उनले समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरणलगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेको जनाइएको छ । राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रूपान्तरणमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्यांकन गर्दै नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको बैंकले जनाएको छ । नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्य अनुभव सँगालेका उनले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । 

ad
ad