१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Friday, 04 July, 2025
२o७९ बैशाख २३ शुक्रबार १२:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा चरम भोकमरी : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १२:४८:oo

अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ। दुई करोड २० लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो।  करिब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले  जनाएको छ।

गत वर्षको अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकासिएको छ। अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै  तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एकतिहाइले घटेको जनाएको छ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा तीन लाख ७६ हजार एक सय ३९ जनालाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ। विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानीका लागि ईद–उल–फित्रमा आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो। इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ।

अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको हो। जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ। रासस/एएनआई