१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २० मंगलबार १४:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याए : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २० मंगलबार १४:३७:००

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको मेयरका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै आपत्ति जनाएका छन्। महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनले स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै आपत्ति जनाएका हुन्।

‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याउनुभएको छ,’ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नुभएको हो। महिलामाथि त सार्वजनिक मञ्चमै हिंसा भइरहेको छ।’ स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको उनको टिप्पणी छ। हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौंको रोजाइ हुन नसक्ने नेता पौडेलको भनाइ छ। 

‘हावा गफ त ओलीजीबाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,’ उनले भनेका छन्, ‘स्थापित र ओलीका नाममा उर्दूको एउटा शेर : एक ही उल्लु काफी था बर्बाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’

नेता पौडेलले स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनीत मेयर बनेको, डा. बाबुराम भट्टराई सरकारको पालामा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराएका छन्।  ‘रह्यो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रूपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नुभएको हो। शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नुभएको हो,’ उनले लेखेका छन्, ‘त्यतिले नपुगेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नुभएको हो।’