गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गुल्मीदरबार गाउँपालिका– ३ म्यालपोखरीस्थित गैँडाकोटबाट वीरवासतर्फ जाँदै गरेको लु.३५प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गैँडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।
बिहीबार राति भएको दुर्घटनामा घर्तीको टाउकोमा चोट, कान र नाकबाट रगत बगेको अवस्थामा उद्धार गरेर गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो । तर, अस्पतालले मृत घोषणा गरेको पोख्रेलले बताए । उनको शव पोस्टमार्टमक लागि शवगृहमा राखिएको छ ।
मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरबार गाउँपालिका– ४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सूर्यवंशीको बाँया खुट्टामा चोट लागेकाले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।