Skip This
भ्यागुताको धार्नी पुर्‍याउन कांग्रेस लाग्नुहुँदैन : कांग्रेस नेता पौडेल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २७ आइतबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्यागुताको धार्नी पुर्‍याउन कांग्रेस लाग्नुहुँदैन : कांग्रेस नेता पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २७ आइतबार २१:o५:oo

कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने बताएका छन् । आइतबार शिक्षक संघ बागमती प्रदेशको चौथो अधिवेशनमा नेता पौडेलले कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। 

‘कांग्रेस भ्यागुताको धार्नी पुर्‍याउन लाग्नुहुँदैन, कांग्रेसले रचनात्मक भएर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने, ‘देश र जनताको पक्षमा खरो रूपमा प्रस्तुत हुनुपर्दछ।’

पछिल्लो राजनीतिक घटनाक्रम र विभिन्न क्षेत्रमा उठेका शंका आशंकाबारे चित्रण गर्दै उनले वर्तमान सरकार लडाउन कांग्रेसले एमालेसँग गठबन्धन गर्न लागेको भनेर हल्ला चलाइएको पनि बताए। ‘यो हल्ला मात्रै हो, कांग्रेसले अहिले नै हतार गर्नुहुँदैन,’ उनको भनाइ थियो। 

पूर्ण तयारी गरेर निश्चित उद्देश्य बनाएर मात्र अब कांग्रेस सरकारमा जानुपर्ने उनको भनाइ थियो। ‘देशभर जताततै बेथिति मात्र रहेको छ। भ्रष्टाचार मौलाउँदै गएको छ। त्यसको अन्त्य गरेर सुशासन कायम गर्न सक्नुपर्छ अनि मात्रै जनताले विश्वास गर्ने स्थिति निर्माण हुन्छ,’ उनले भने। 
उनले अबदेखि चुनावअघि कुनै पनि दलले गठबन्धन गर्न नहुने भन्दै त्यसका लागि संवैधानिक व्यवस्था गर्नुपर्ने धारणासमेत व्यक्त गरे। 

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले आन्दोलनरत शिक्षकहरूका मागमा सरकारले गम्भीर भएर सम्बोधन गर्नुपर्ने धारणा राखे। उनले यसका लागि टिचर्स एकेडेमी बनाएर शिक्षकलाई उचित तालिम र प्रशिक्षण दिनुपर्ने धारणा राखे। 

शिक्षा क्षेत्र देश निर्माणको पहिलो आधार भएकाले सार्वजनिक शिक्षा क्षेत्रको सुधारका लागि सम्पूर्ण शिक्षकहरूसँग सहकार्य गरेर ‘सार्वजनिक शिक्षा सुधार अभियान’ घोषणा गर्नुपर्ने पनि उनले बताए। 

उनले शिक्षकहरूलाई थप सेवा सुविधा दिन, शिक्षकहरूको तलब बढाउन तथा शिक्षकहरूका लागि छट्टै अस्पतालको समेत व्यवस्था गर्न सरकारलाई माग गरे। शिक्षण पेसामा लागेकालाई सम्मान गर्न तथा सामाजिक योगदानको आधारमा मूल्यांकन गरी सम्मानित हुने वातावरण सरकारले बनाउनुपर्ने उनले बताए।