१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारले मुद्रा सटही सुविधा नदिए इन्टरनेट बन्द हुन्छ : आइस्पान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o१:oo

इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले भारतीय कम्पनीबाट ल्याएको इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न नसकेका कारण नेपालमा इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आएको बताएका छन् । निजी इन्टरनेट सेवाप्रदायकको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ, नेपाल (आइस्पान)ले बिहीबार पत्रकार सम्मेलन गर्दै ब्यान्डविथ भुक्तानीका लागि सरकारले सिफारिस नगर्दा कुनै पनि वेला इन्टरनेट सेवा अवरुद्ध हुने अवस्था सिर्जना भएको बताएका हुन्  ।  

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा सिफारिस नगरिदिँदा भारतीय अपस्ट्रिम प्रदायकसँगको सम्झौता नै रद्द हुने अवस्था आएको बताए । निश्चित अवधिमा भुक्तानी नभएमा स्वतः सम्झौता रद्द हुने प्रावधानअनुसार नै उक्त सम्झौता रद्द हुन लागेको उनको भनाइ छ । 

नेपालमा ७० प्रतिशत ब्यान्डविथ भारतीय अपस्ट्रिम प्रोभाइडर भारतीय एयरटेलमार्फत आउँछ । ब्यान्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी एयरटेलले यसै साता पत्र काटेको अध्यक्ष पराजुलीले जानकारी दिए । सोही कारण अविलम्ब विदेशी मुद्रा सटहीको सिफारिस गर्न सरकारसँग उनले आग्रह गरे । नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनीले भारतीय कम्पनीलाई बुुझाउनुपर्ने तीन अर्बभन्दा बढी रकम रहेको संघको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत–सम्भार शीर्षकअन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै १० महिनादेखि मुद्रा सिफारिस रोकिदिएको छ । तर, इन्टरनेट व्यवसायीहरूले भने मर्मत–सम्भार दूरसञ्चार सेवाअन्तर्गत नपर्ने अडान राख्दै मर्मत–सम्भारबाट लिएको शुल्कबाहेकको आम्दानीबाट रोयल्टी र आरटिडिएफ (ग्रामीण दूरसञ्चार विकास कोष) दस्तुर बुझाउँदै आएको बताएका छन् ।

ad
ad