मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o पौष १४ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १४ शनिबार १८:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र कांग्रेसका मन्त्रीको काम परिणाममुखी भएन : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १४ शनिबार १८:२५:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले उपलब्धिमूलक काम गर्न नसकेको बताएका छन्।

कांग्रेसका मन्त्रीहरूले उल्लेख्य परिणाम दिन नसकेकाले कांग्रेसले समुदायमा लैजाने विषय नै नभएको उनको भनाइ छ। शनिबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा पौडेलले कांग्रेसकै मन्त्रीहरूको कार्यसम्पादनमाथि असन्तुष्टि जनाएका हुन्।

कांग्रेसले सुरु गर्ने भनेको ‘समुदायमा कांग्रेस’ कार्यक्रममा आफूहरू जाँदा जनतालाई बताउने विषय नभएको र नेतृत्वका कारण कांग्रेस प्रतिरक्षात्मक मात्र भएको पौडेलले बताए।

‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुन सक्छ,’ उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्वलाई डिफेन्स गर्न सक्दिनँ।’

भौतिक विकासमा नियमित काम मात्र गरेर जनताले सरकारले काम गरेको अनुभूति गर्न नसक्ने पौडेलले प्रस्ट पारे। ‘जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार अन्त्य हो,’ उनले भने, ‘विडम्बना, अहिले जनताले हामीलाई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन् कि भ्रष्टाचार अन्त्य गर्ने अभियान छेडेको पार्टी भनेर?’