१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १५ बिहीबार १४:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यस्ता छन् सिर्जना सिंहका सात संकल्प (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १५ बिहीबार १४:२०:००

आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकको मेयरकी उम्मेदवार सिर्जना सिंहले संकल्पपत्र सार्वजनिक गरेकी छिन्। बबरमहलस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रमबीच सिंहले आफ्ना सात संकल्प सार्वजनिक गरेकी हुन्।

संकल्पपत्रमा उनले सेवा र सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण सुरक्षित सहरलगायतका विषयलाई समेटेकी छिन्। यस्ता छन् सिंहका सात ‘स’को संकल्प :

१. सेवा र सुशासन 
-महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही  चलाउने संकल्प गर्दछु ।   
-भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु ।
-संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु । 

२. स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा
-शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु ।
-महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोकथाम, परीक्षण, उपचार र पुनर्स्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना र विशेषज्ञ सेवासहितको महानगरिय अस्पतालको सञ्चालन गर्नेछु ।
-ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३. स्वच्छ, सफा, दिगो पर्यावरण 
-काठमाडौं महानगरलाई जिरो वेष्ट नगरपालिका बनाउनेछु ।
-पिउनयोग्य पानी, सास फेर्नयोग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु । 
-सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्नेछु । 

४. सुरक्षित सहर 
-महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।
-विपत् थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।

५. संस्कृति, सम्पदा र सभ्यता  
-मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवर्द्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु ।
-गुठी प्रणालीको प्रवर्द्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्नेछु ।

६. सबल र समुन्नत पूर्वाधार
-सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्रीकेन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्नेछु ।
-महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।
-महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मतसम्भारका लागि अविलम्ब कार्य गर्न सक्ने गरी संस्थागत क्षमताको विकास गर्नेछु ।  

७. सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरवासी 
-युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरवासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि 
आवश्यक पहलकदमी लिनेछु । 

-उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु ।