मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २५ बुधबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरभित्रैबाट फोहोर व्यवस्थापन गर्न सुरु गरौँ : सिर्जना सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २५ बुधबार १६:०६:००

काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सिर्जना सिंहले घरभित्रैबाट फोहोर व्यवस्थापन सुरु गर्न आग्रह गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले कुहिने र नकुहिने फोहोर छुट्याएर काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेकी हुन्

‘आजैबाट फोहोर व्यवस्थापन घरबाटै सुरु गरौँ, सहयोग गरौँ। मलजन्य  एकठाउँमा, प्लास्टिकजन्य एकठाउँमा र नष्ट गर्नुपर्ने एकठाउँमा जम्मा गरौँ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन्, ‘व्यवस्थापनलाई सजिलो र सुलभ बनाऔँ । स्वच्छ सफा सुन्दर काठमाडाैं सहर बनाऔँ । हाम्रो काठमाडाैं राम्रो काठमाडाैं सफा काठमाडाैंलाई मूर्तरूप दिऔँ।’