१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘रित्तो गाउँ’को विशेष प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२२:oo

लघु चलचित्र ‘रित्तो गाउँ’को काठमाडौंमा विशेष प्रदर्शनी गरिएको छ। त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यो चलचित्र  कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो।

प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको उल्लेख्य सहभागिता थियो।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यो चलचित्रले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ। उनले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’को विशेष प्रदर्शन गरिने जानकारी दिए।

‘रित्तो गाउँमा’ वरिष्ठ कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल तथा अहिलेका लोकप्रिय अभिनेता मुकुन भुसाल र नवअभिनेत्री सविना राउतको अभिनय देख्न सकिन्छ। यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छुट्याइएको छ। पहिलो भागमा अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ। दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कँडेल कार्यकारी निर्माता हुन्।

नीरज कँडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउन्ड डिजाइनिङको काम भरत कँडेलले गरेका छन्।

ad
ad