१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वनको आगो सल्किँदा दाङमा बस्ती नै सखाप

गाउँका २५ मध्ये २४ घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:४o:oo

दाङको राजपुर गाउँपालिका- ७ हाडबासमा आगलागीबाट २४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट भएकाे वडाध्यक्ष पुष्कर वलीले बताए।

सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो। आगलागी भएका सबै घर खरले छाएका छन्। जस्ताले छाएको मानबहादुर गिरीको बाहेक सबैका घर जलेका हुन्।

नजिकै रहेको वनमा लागेको आगो गाउँमा पसेको हो। स्थानीयले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै आगलागीले सखाप भएको स्थानीय भीम वलीले बताए।

आगो अझै नियन्त्रणमा आएको छैन। वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो। हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको वलीले बताए।

ad
ad