१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरमा कांग्रेसकी उम्मेदवार सिंहको संकल्पपत्र सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:४६:oo

आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकको मेयरकी उम्मेदवार सिर्जना सिंहले संकल्पपत्र सार्वजनिक गरेकी छिन्। बबरमहलस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी सिंहले स्थानीय तह निर्वाचनका लागि आफ्ना सात संकल्प सार्वजनिक गरेकी हुन्।

संकल्पपत्रमा उनले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण सुरक्षित सहरलगायतका विषयलाई समेटेकी छिन्। संकल्पपत्र सार्वजनिक गर्दै मेयरकी उम्मेदवार सिंहले काठमाडौंलाई आफूले परिवर्तन गर्न चाहेको उल्लेख गर्दै आफूमाथि गरेको विश्वास खेर जान नदिने प्रतिबद्धता गरिन्।

‘घर सफा नगरी अरू सफा हुन सक्दैन। पिएल सिंह मेयर भएपछि काठमाडौंको स्वरूपमा कुनै परिवर्तन आएन। म त्यसलाई परिवर्तन गर्न चाहन्छु,’ उनले भनिन्, ‘मलाई गरेको विश्वासलाई खेर जान दिने छैन।’

ad
ad