१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o७९ कार्तिक २१ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मधेस कांग्रेसको संकल्पपत्र, १० एजेन्डा प्राथमिकतामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १o:१६:oo

 कांग्रेस मधेस प्रदेशले आगामी पाँच वर्षमा मुख्य १० कामलाई प्राथमिकतामा राखेर आइतबार चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पति कृष्ण श्रेष्ठलगायतले संयुक्त रूपमा संकल्पपत्र सार्वजनिक गरेका हुन् । 

घोषणापत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपत् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित, जनजाति, मुस्लिम तथा पिछडावर्ग उत्थान, अन्तरप्रदेश सम्बन्ध तथा प्रदेश र संघबीचको सम्बन्धमा जोड दिइएको छ । 

सुशासनका लागि प्रत्येक महिना मुख्यमन्त्री जनता दरबार कार्यक्रम सञ्चालन गरिने संकल्पपत्रमा उल्लेख छ । यसैगरी ‘सबैको साथ, सबैको विकास’ नारालाई आत्मसात् गर्दै प्रदेश सरकारले विभेदरहित काम गर्ने, आर्थिक समृद्धिका लागि कृषि उत्पादन वृद्धि गरिने र कृषकहरूलाई निब्र्याजी ऋणको व्यवस्था गर्ने संकल्पपत्रमा उल्लेख छ । 

कांग्रेसले घरघर खाद्य, खेतखेत सिँचाइ भन्ने नारा अघि सारेको छ । जसमा ग्रामीण कृषि सडक, सिँचाइ, बिउबीजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकता दिनुको साथै ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवथा गरिने संकल्प उल्लेख छ । त्यसैगरी हाल मधेस प्रदेशका व्यक्तिको वार्षिक आय ६ सय अमेरिकी डलर रहेकोमा आगामी पाँच वर्षमा १५ सय डलर पुर्‍याउने तथा जनकपुर चुरोट कारखानालाई विद्युतीय चुलो कारखानाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी सरकारले वीरगन्ज–ठोरी, वीरगन्ज–पथलैया, जनकपुर–ढल्केबर र गोलबजार–लहानमा विशेष आर्थिक करिडोरका रूपमा विकास गर्ने संकल्पपत्रमा उल्लेख छ ।