१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदर्शनमा सरकारी सम्पत्ति क्षति भए आन्दोलनकारीले नै तिर्नुपर्ने 

गृह मन्त्रालयले जारी गर्‍याे छुट्टै कार्यविधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:२५:oo

विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएमा आयोजकले नै क्षतिको बिगो तिर्नुपर्ने भएको छ।

गृह मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि नै बनाएको छ। सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले स्वीकृत गरेका हुन्।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ को नियम ९ अनुसार कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ।

आन्दोलनमा भएको क्षति मूल्यांकनको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने र सो समितिको सिफारिसका आधारमा बिगो भराइने कार्यविधिमा उल्लेख छ।

ad
ad