१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा हुने भ्रामक सूचना प्रवाहमा सबै सचेत हुनुपर्छ : प्रमुख सूचना आयुक्त गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:२३:oo

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले निर्वाचनमा हुने भ्रामक सूचना प्रवाहमा राजनीतिक दल र मतदातासहित सबै सचेत हुनुपर्ने बताएका छन्। सूचना आयोगले सोमबार कुपन्डोलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख सूचना आयुक्त गुरुङले यस्तो बताएका हुन्।

गलत सूचनाका कारण हिंसाको अवस्थासमेत आउन सक्नेतर्फ उनले सचेत गराएका छन्। सार्वजनिक निकायबाट पनि यस्तो समयमा गलत सूचना सम्प्रेषण हुन सक्ने भएकाले सबैले आफ्नो ठाउँबाट आफ्नो भूमिका पूरा गर्नुपर्नेमा उनले जोड दिए।

‘सार्वजनिक निकायबाटै पनि यस्तो समयमा गलत सूचना जान सक्छ। फेक आउटलेटबाट पनि सूचना प्रवाह हुन्छन्, त्यसको प्रवाहले धेरै असर पुर्‍याउँछ। गलत सूचनाका कारण हिंसाको अवस्थासम्म आउन सक्छ,’ उनले भने, ‘निर्वाचन आयोगको भूमिका मात्रै पर्याप्त छैन। सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ।’

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूचना आयुक्तहरू रत्नप्रसाद मैनाली, कमला ओली थापा, आयोगका सचिव भागीरथ पाण्डे, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

ad
ad