प्याराग्लाइडिङ च्याम्पियनसिपमा ७७ प्रतिस्पर्धी

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

पोखरामा बुधबारदेखि २०औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप– २०२२ सुरु भएको छ । च्याम्पियनसिपमा आठ महिलासहित ७७ जना प्याराग्लाइडिङ पाइलटको सहभागिता रहेको छ ।

तीनदिने प्रतियोगिताको पहिलो दिन सोलो ओभरअलको पहिलो चरणको खेलमा समान तीन अंकका साथ नेपाली सेनाका सागर जलारी र विष्णु तिमिल्सिनाले अग्र स्थानमा राख्न सफल भएका छन् । यसैगरी चार अंकका साथ विशाल थापा दोस्रो स्थानमा रहेका छन् ।

महिलातर्फ ५० अंकका साथ दुर्गामाया गुरुङ अग्र स्थानमा छिन् । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा भएको च्याम्पियनसिप २५ चैतसम्म सञ्चालन हुनेछ ।

सुझावित समाचार