१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ चैत ९ बुधबार ०६:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकप आजदेखि 

Read Time : < 1 मिनेट
२०७८ चैत ९ बुधबार ०६:५९:००

 दमक गोल्डकप आज (बुधबार)बाट सुरु हुँदै छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । दमक गोल्डकपअन्तर्गत उद्घाटन खेल आयोजक दमक–११ र बागमती युथ क्लब सर्लाहीबीच हुने खेल संयोजक मोहन मगरले बताए । १८ चैतसम्म चल्ने प्रतियोगितामा तीन ए डिभिजन क्लबसहित १० टिम सहभागी छन् । गोल्डकपमा चारवटा विदेशी पनि सहभागी छन् । 

दमक–३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहनेछ । 

दमक गोल्डकप एन्फाको ‘क’ श्रेणीमा पर्छ । तर, उसले ‘क’ श्रेणीको मापदण्ड भने पूरा गरेको छैन । ‘क’ श्रेणीको गोल्डकपका लागि १० टिम सहभागी हुँदा ए डिभिजनका ६ टिमलाई अनिवार्य सहभागिता गराउनुपर्छ । तर, दमक गोल्डकपमा सहभागी तीन क्लब ए डिभिजनका छन् । एन्फाकै कारण ए डिभिजन क्लबहरू सहगागी गराउन नसकिएको मगरले बताए । ‘तीन महिना पर्खिएर डेट लियौँ । तैपनि अरू ठाउँमा गोल्डकप जुध्यो,’ उनले भने, ‘गोल्डकप जुध्दा ए डिभिजन क्लबहरू सहभागी गराउन सकिएन ।’

प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । मैदान सम्याउने, प्याराफिट निर्माणलगायत काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको उनले बताए ।