१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
दमक गोल्डकपको उपाधि उचालेपछि मनाङका खेलाडी । तस्बिर : नयाँ पत्रिका
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकप मनाङकै पोल्टामा

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५५:oo

मनाङलाई उपाधि दिलाउने क्रममा ओलाव र शिशिरले दोस्रो हाफमा एक–एक गोल गरे

मनाङ मर्स्याङ्दी क्लबले प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै शुक्रबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । यो सिजनमा मनाङका लागि यो उपाधि दोस्रो हो । यसअघि मनाङले खप्तड गोल्डकपको उपाधि जितेको थियो । मनाङका लागि अफिज ओलावले र शिशिर लेखीले एक–एक गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेल खेलेका थिए । 

खेलको ५९औँ मिनेटमा ओलावालेले मनाङका लागि पहिलो गोल गरे । मनाङको पहिलो गोलमा ओलावाले र कप्तान अञ्जन विष्टबीचको उत्कृष्ट तालमेल मिलेको थियो । मैदानको मध्य भागबाट बल अघि बढाउँदै ओलावलेले डिबक्समा अञ्जनलाई क्रस पास दिए । अञ्जनकै छोटो पासमा ओलावाले मनाङलाई १–० को अग्रता दिलाए । ६७औँ मिनेटमा मनाङलाई शिशिरले २–० को स्थितिमा राखे । पुलिसका गोलरक्षक शत्रुधन चौधरीबाट रिवाउन्स भएको बललाई शिशिरले गोलमा परिणत गरेका थिए । 

मनाङका मौसाको उत्कृष्ट फ्रिकिक बचाउने क्रममा गोलरक्षक चौधरीबाट बल फुत्किएको थियो । त्यसको फाइदामा शिशिरले गोल गरे । जितसँगै मनाङले दमक गोल्डकपकको इतिहास उल्ट्याएको छ । ०७५ मा दमक गोल्डकपको फाइनलमा मनाङलाई नै हराएर पुलिसले उपाधि उचालेको थियो । यसपटक भने पुलिसलाई हराउँदै मनाङ च्यम्पियन बनेको हो । जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पार्‍यो । उपविजेता पुलिसले ६ लाख ११ हजार रुपैयाँ पायो । 

पहिलो हाफ गोलरहित
पहिलो हाफमा मनाङले रक्षात्मक रणनीति अपनाएर खेल खेल्यो । खेलको चौथो मिनेटमा मनाङका मौसाको लामो प्रहार पहिलो बारनजिकबाट बाहिरियो । खेलको ४९औँ मिनेटमा मनाङका मौसाको फ्रिकिकमा प्राप्त पासमा कप्तान अञ्जनको फितलो प्रहार पहिलो बारनजिक हुँदै बाहिरियो । ८७औँ मिनेटमा डिबक्समा रहेका नितिन थापाको क्रसमा डिबक्समा रहेका विमल रानाले गरेको गोल गर्न सकेनन् । पुलिसले निकै आक्रमक खेल खेलेको थियो । पुलिसले मनाङलाई दबाबमा राख्दै मौका पनि सिर्जना गरे पनि गोल गर्न सकेन । 

खेलको १५औँ मिनेटमा पुलिसका नीरकुमार राईले प्रहार गरेको फ्रिकिक मनाङका गोलरक्षक विशाल सुनारले नियन्त्रणमा लिए । ४४औँ मिनेटमा डिबक्सभित्र अनमार्कमा  रहेका अजित भण्डारीले डिबक्सबाट गरेको प्रहार अकासियो । पहिलो हाफको इन्जुरी समयमा पुलिसका भरत शाहले गोलरक्षक विशाल सुनारविरुद्ध वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । शाहले गरेको प्रहार बारमा ठोकियो । फाइनल खेलको म्यान अफ दी म्याच मनाङका मौसा भए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । 

सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन 
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिसका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट स्ट्राइकर पुलिसका नीरकुमार राई, उत्कृष्ट डिफेन्डर मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरूले जनही २१ हजार प्राप्त गरे ।  प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बू हुँदै माउन्टेन बाइक पाए । आयोजकले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी फुटबल खेलाडी हन् । उनी आयोजक दमक–११ का प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । 
 

ad
ad