१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकपको उपाधिका लागि पुलिस र मनाङको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२२:oo

दमक गोल्डकपको उपाधि रक्षाका लागि साविक विजेता नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा पुलिसले गोर्खा ब्वाइज रूपन्देहीविरुद्ध १–० को कठिन जित निकालेसँगै फाइनलमा पुलिस र मनाङको भेट पक्का भएको हो । 

फाइनल खेल शुक्रबार हुनेछ । दमक गोल्डकपको फाइनलमा मनाङ र पुलिसको यो दोस्रो भेट हो । पुलिस र गोर्खा ब्वाइजबीचको बुधबारको खेलमा पुलिसका निरकुमार राईले एक मात्र गोल गरे । खेलको ५९औँ मिनेटमा रवि पासवानको छोटो पासमा डिबक्समा रहेका नीरकुमार राईले गोल गरे । 

१७औँ मिनेटमा अजित भण्डारीले डिबक्सबाट गरेको कडा प्रहार फस्टबारबाट बाहिरियो । २९ मिनेटमा अञ्जन राईले गोललाइनबाट गरेको प्रहार पनि बाहिरियो । पहिलो हाफको थप समयमा नीरकुमार राईको कर्नरमा भरत शाहले डिबक्सबाट गरेको हेडर फस्टबारनजिकबाट बाहिरियो । ६०औँ मिनेटमा पुलिसका बुद्ध तामाङको लामो प्रहार क्रसबारनजिकैबाट बाहिरियो ।    

चोटका कारण गोर्खा ब्वाइजका स्टार स्ट्राइकर यानिक र फोफोना सेमिफाइनलमा खेल्न सकेनन् । उनीहरूको विकल्पमा गोर्खा ब्वाइजले अजयी मार्टिनलाई सेमिफाइनलमा भित्र्याउने प्रयास ग¥यो । तर, पुलिसका प्रशिक्षक अनन्तराज थापाले नियमअनुसार तीन खेलाडी मात्र खेलाउन पाउने अडान लिए । उनको अडानकै कारण मार्टिनले गोर्खा ब्वाइजबाट खेल्न पाएनन् । खेल पनि ढिला गरी सुरु भयो । 

सामान्यतः फुटबल खेल ९० मिनेट खेलाइन्छ । तर, ढिला गरी खेलाउँदा खेललाई ७० मिनेटमा सीमित गरिएको थियो । कम समय खेलाउनु र स्टार स्ट्राइकर नहुनुको घाटा गोर्खा ब्वाइजलाई भयो । स्ट्राइकर अभावमा बनाएका दर्जनभन्दा बढी मौकालाई पनि उसले सदुपयोग गर्न सकेन । गोर्खा ब्वाइजले अधिकांश समय पुलिसलाई दबाबमा राख्यो । तर, डिफेन्समा भएको सानो गल्तीले झिनो अन्तरले खेल गुमाउन पुग्यो । खेलको म्यान अफ दी म्याच नीरकुमार राई भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । 

ad
ad