Skip This
नेपाल–बेलायत फुटबल प्रतियोगिताका लागि नेपाली व्यवसायी लामिछानेको १० लाख सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

नेपाल–बेलायत फुटबल प्रतियोगिताका लागि नेपाली व्यवसायी लामिछानेको १० लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:५९:oo

बेलायतको लन्डन बस्दै आएका नेपाली व्यवसायी एवं समाजसेवी रवीन्द्रजंग लामिछानेले नेपाल र इंग्ल्यान्डबीच बेलायतमा हुन लागेको फुटबल खेलका लागि ६ हजार पाउन्ड (करिब १० लाख रुपैयाँ ) सहयोग गरेका छन्।

फुटबल प्रतियोगित वैशाख २४ (६ मे)मा आयोजना हुँदै छ। यस्तो प्रतियोगिता बेलायतमा पहिलोपटक आयोजना हुन लागेको हो।

जिनी लन्डन लिमिटेडका प्रबन्ध निर्देशक लामिछानेले ऐतिहासिक खेल नेपाल र नेपालीकै प्रतिष्ठासँग जोडिएको उल्लेख गर्दै यसको सफलताका लागि आफूले प्रायोजन गरेको बताए। लामिछानेले नेपाल र नेपाली राष्ट्रियताका लागि सधैँ सहयोग रहने भन्दै बेलायतमा रहेका नेपाली समुदायलाई खेल सफल बनाउन सहयोगका लागि आग्रह गरेका छन्। ‘हाम्रा लागि अर्को समुदायले मरिहत्ते गरिरहेको अवस्थामा हामीले यसको अपनत्व किन नलिने? ’ लामिछानेले भने।

पहिलोपटक बेलायत जाने नेपाली राष्ट्रिय टोलीले वैशाख २३ गते इंग्ल्यान्ड सीसँग अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लब मैदानमा मैत्रीपूर्ण खेल्ने तय भएको छ ।

व्यवसायी लामिछानेले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिमसँग भेटेर नेपाल र इंग्ल्यान्डबीचको पहिलो ऐतिहासिक फुटबल प्रतियोगिता सफलताको कामना गरेका छन्। अध्यक्ष अजिमले लामिछानेको सहयोगप्रति आभार व्यक्त गरे। लामिछानेले यस्तो कार्यका लागि भविष्यमा पनि आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

ad
ad