१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
बल अघि बढाउने प्रयासमा गोर्खा ब्वाइजका खेलाडी ।
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकप : गोर्खा ब्वाइज सेमिफाइनलमा

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२६:oo

दार्जिलिङ पुलिस क्लब भारतमाथि टाइब्रेकरमा जित निकाल्दै गोर्खा ब्वाइज क्लब रूपन्देही दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित समय बराबरी (१–१ गोल)मा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा परिणत भयो । गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे । 

टाइब्रेकरमा दार्जिलिङ पुलिस क्लबका आशिष देवान र नेवाश राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो । टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवस तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको पहिलो हाफमा गोर्खा ब्वाइजले सुरुवाती अग्रता लिएको थियो । ८औँ मिनेटमै गोर्खा ब्वाइजका यानिकले सुन्दर गोल गरे । मिक्चेन तामाङको फ्रिकिकमा डिबक्समा रहेका यानिकले हेडमार्फत उत्कृष्ट फिनिसिङ गर्दै बललाई पोस्टको दिशा दिए । 

तर, सम्हालिएर खेल्न नसक्दा दार्जिलिङ पुलिसले खेललाई तत्कालै बराबरीमा फर्कायो । १३औँ मिनेटमा गोर्खा ब्वाइजका डिफेन्डर कप्तान सुशील यादवले बल क्लियर गर्ने क्रममा डिबक्समा ह्यान्ड गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा दार्जिलिङका भाइचाङ राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । गोर्खा ब्वाइजको प्रदर्शन खेलमा कमजोर देखियो । गोर्खा ब्वाइजको फिनिसिङ लाइन कमजोर हुँदा पाएका उत्कृष्ट अवसर सदुपयोग हुन सकेन । गोर्खा ब्वाइजका आसलाग्दा स्ट्राइकर यानिक चल्न नसक्दा जितका लागि टाइब्रेकरको सहायता लिनुपर्‍यो । यसअघि दुर्गापुर सन्डेसँगको खेलमा ह्याट्रिक गर्ने यानिक शनिबार भने निकै कमजोर देखिए । 

खेलको म्यान अफ दी म्याच गोर्खा ब्वाइजका अवाडे बने । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ । 

यानिक फिनिसिङमा अलि कमजोर देखिए : जग्गुनाथ खड्का, प्रशिक्षक, गोर्खा ब्वाइज 
सुरुमा हामीले नै गोल गर्‍यौँ । तर, डिफेन्सको सानो गल्तीले गोल पनि खायौँ । दार्जिलिङ पुलिस सेट टिम भएका कारण हामीलाई दबाब दियो । तर, पनि हामीले धेरै मुभ बनाएका थियौँ । थप गोल भने गर्न सकेनौँ । अन्तिम समयसम्म गोल हान्न पाएनौँ । यानिक फिनिसिङमा अलि कमजोर पनि देखिए ।

खेलाडी थाकेकाले हार्‍यौँ  : एडोन क्षत्री, प्रशिक्षक, दार्जिलिङ पुलिस क्लब, भारत
खेलाडीहरू थकित थिए । दार्जिलिङमा शुक्रबार मात्रै एउटा खेल खेलेर आएका थिए । उनीहरूलाई रेस्ट पनि भएन । यसकारण उनीहरूले भने जस्तो खेल्न सकेनन् । तर, ओभरल राम्रै खेले । विपक्षीले छिटै स्कोर गरेका कारण खेलाडी दबाबमा परे । 

ad
ad