Skip This
मटिहानीका अग्निपीडित भेट्न चौथो दिन आइपुगे मुख्यमन्त्री यादव 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मटिहानीका अग्निपीडित भेट्न चौथो दिन आइपुगे मुख्यमन्त्री यादव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १९:५३:oo

बुधबार अपराह्न करिब १ बजे गुठी संस्थानको अधीनस्थ मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा बस्तीमा आगलागी हुँदा १०३ घरपरिवार विस्थापित भएको चौथो दिन मुख्यमन्त्री सरोजकुमार यादव पीडित भेट्न मटिहानी आइपुगेका छन्।

पीडित भेटेका मुख्यमन्त्री यादवलाई  सञ्चारकर्मीहरूले आउन किन विलम्ब भयो भन्ने प्रश्न गरे। उनले आगलागी भएको दिन आफू काठमाडौंमा रहेकोले साेही दिन आउन नसकेकाे जवाफ फर्काए।

मुख्यमन्त्री यादवले क्याबिनेट बैठक बसेर चाँडै मटिहानीका अग्निपीडितहरूको लागि राहत प्याकेज घोषणा गर्ने आश्वासन दिएर फर्किए। 
 

ad
ad