मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Friday, 14 August, 2026
२o७८ चैत ६ आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रवासीको शव प्राप्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १५:३६:oo

ट्युनिसियाको उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रवासीहरूको शव प्राप्त भएको छ। शनिबार थप आठ शव भेटिएको हो। योसमेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० वटा शव भेटिएको यहाँको एक रेडियो स्टेसनले जनाएको छ।

रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ वटा शव भेटिएको थियो र शनिबार थप आठजनाको शव भेटिएको हो। ट्युनिसियाको सो समुद्री किनार युरोप जाने आप्रवासीहरूले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो।

उनीहरू अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेकाे अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ। रासस/सिन्ह्वा