१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले हंग्री फास्ट फुडमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५४:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले निजगढको हंग्री फास्ट फुडमा छुट पाउने भएका छन् । बैंक र फास्ट फुडबीच बैंकका कार्डबाहकहरूलाई १५ फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

फास्ट फुडसँगको यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ । मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानीजस्ता सुविधा बैंकले प्रदान गर्दै आएको जनाइएको छ ।

बैंकले हालसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ । यो सुविधामार्फत  सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले विनाकार्ड एटिएमबाट पैसा निकाल्न सक्ने जनाइएको छ । बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ । बैंकले हाल देशभरमा एक सय ७४ शाखा, एक सय २३ एटिएम र ९२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । 

ad
ad