१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख २५ मंगलबार १९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तमिलको समानता र न्यायमा भारतीय चासो

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख २५ मंगलबार १९:४६:oo

भारतले श्रीलंकामा तमिल जनसंख्याका लागि समानता, न्याय सुनिश्चित गर्न श्रीलंकासँग चासो राखेको छ । श्रीलंकाका समकक्षी जिएल पेइरिससँग दिल्लीमा भएको भेटमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले तमिल जनसंख्याबारे चासो व्यक्त गरेका छन् । 

‘विदेशमन्त्री जयशंकरले श्रीलंकाका समकक्षी जिएल पेइरिसलाई तमिल जनताको समानता, न्याय र सम्मान सुनिश्चित गर्ने विषयमा चासो व्यक्त गरेका छन्,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । जयशंकरले  पारस्परिक लाभकारी परियोजनाहरू द्रुत रूपमा अगाडि बढाउन आग्रह गरेका छन् भने श्रीलंकासँग हवाई र सामुद्रिक सम्पर्क वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । श्रीलंकाली अर्थमन्त्री पेइरिस यो साता भारत भ्रमणमा आएका थिए । 

श्रीलंकाका विदेशमन्त्री पेइरिसले भारतले हालै उपलब्ध गराएको ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले मानवअधिकार र मेलमिलापमा श्रीलंका सरकारले चालेका कदमहरूको बारेमा विदेशमन्त्री जयशंकरलाई जानकारी दिएको पनि भारतीय विदेश मन्त्रालयले जनाएका छन् । तमिल जनसंख्यासँग मेलमिलापको महत्वपूर्ण पक्षका रूपमा श्रीलंकाले शक्ति हस्तान्तरण प्रक्रिया सुरु गरेको उल्लेख गरेका थिए । 

भारतले श्रीलंकालाई तमिल समुदायको हितको रक्षाका लागि आफ्नो प्रतिबद्धता पूरा गर्न आह्वान गर्दै आएको छ । तमिल जनसंख्याले श्रीलंकामा संविधानको १३औँ संशोधनको कार्यान्वयन गर्न माग गर्दै आएको छ। 

ad
ad