१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अहेव कोइरालालाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:३८:oo

स्याङ्जाको चापाकोटमा कार्यरत सिनियर अहेव विन्दु कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। मंगलबार विशेषले उनीसहित जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गीता कोइरालालाई सफाइ दिएको हो। 

६ महिनाअघि दायर मुद्दामा विशेषले यस्तो फैसला गरेको हो। विशेषका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला आएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोइरालाविरुद्ध उजुरी परेको थियो। अनुसन्धान हुँदा उनले पारिश्रमिक, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, पैतृक सम्पत्तिलगायतका स्रोतबाट झन्डै तीन करोड रुपैयाँ आम्दानी गरेको भेटिएको थियो। 

साथै, अनुसन्धान अवधिमा उनले जोडेको सम्पत्ति भने तीन करोड ८८ लाख रुपैयाँ देखिएपछि स्रोत नखुलेको ९० लाख ३९ हजार रुपैयाँ बिगो मागदाबी गर्दै अख्यिारले मुद्दा दर्ता गराएको थियो। यद्यपि, अख्तियारको दाबी पुष्टि भने भएन। 

कोइराला २०५४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। उनले ०७८ मंसिरसम्म आर्जन गरेको सम्पत्ति तथा खर्चबारे अख्तियारले जाँचबुझ गरेको थियो।
 

ad
ad