१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इरानकाे सहयोगका लागि ‘ठोस’ कदम चाल्न आइएइए प्रमुखको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:१४:oo

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानसँग मुलुकको आणविक कार्यक्रममा सहयोग सुदृढका लागि ‘ठोस’ कदम चाल्न आग्रह गरेका छन्।  

इरानी सहर इस्फाहानमा आयोजित पत्रकार सम्मेलनमा इरानी अधिकारीहरूसँगको छलफलमा उनीले सहयोगलाई तीव्रता दिन लागू गर्न सकिने ठोस, अत्यन्त व्यावहारिक र मूर्त उपायहरूमा ध्यानकेन्द्रित गर्न आग्रह गरेका हुन्। 

ग्रोसीले इरानका आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीलगायत वरिष्ठ इरानी अधिकारीहरूसँग छलफल गरेका थिए।

आएइएका महानिर्देशक ग्रोसीले इरानसँग सन् २०२३ मार्चको सम्झौता अझै पनि वैध रहेको, तर यसमा थप ‘तत्व’ समावेश गर्न आवश्यक रहेको बताए।  

उक्त सम्झौता ग्रोसीको पछिल्लो इरान भ्रमणका क्रममा भएको थियो र सम्झौतामा सुरक्षा उपाय तथा अनुगमनसहित आधारभूत सहयोग मापनलाई रेखांकित गरिएको थियो। यद्यपि, आइएइए प्रमुखले उक्त सम्झौताको कार्यान्वयनमा ‘सुस्तता’ आएको बताए। 

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा एकतर्फी सम्झौताबाट पछि हटेर व्यापक प्रतिबन्धलाई पुनः लागू गरेपछि इरानले प्रमुख शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक सम्झौताले निर्धारण गरेको आणविक गतिविधिमा रहेको सीमाको पालनालाई निलम्बन गरेको छ।  

सम्झौता टुटेपछि इरान र आइएइएबीच बारम्बार तनाब बढेको छ र युरोपेली संघ (इयू) को मध्यस्थता प्रयासहरू अहिलेसम्म वासिंटनलाई फिर्ता ल्याउने र तेहरानलाई सम्झौताका सर्तहरू पुनः पालना गराउन विफल भएका छन्। 

एजेन्सीले हालैका महिनाहरूमा इरानको आणविक कार्य विस्तार, निरीक्षकहरूमाथि प्रतिबन्ध र आफ्ना आणविक केन्द्रहरूमा एजेन्सीको अनुगमन उपकरणलाई निष्क्रिय पार्नेजस्ता मुद्दामा सहयोगको अभावका लागि आलोचना गरेको छ। 

फेब्रुअरीमा एएफपीले देखेको गोप्य रिपोर्टबारे एजेन्सीले इरानको समृद्ध युरेनियमको अनुमानित भण्डार सन् २०१५ को सम्झौतामा निर्धारित सीमाभन्दा २७ गुणा बढी भएको बताएको छ। गत वर्ष इरानले उसको युरेनियम संवर्द्धनको गतिलाई सुस्त बनाएको थियो, र यसलाई अमेरिकासँग अनौपचारिक छलफल सुरु हुँदा सद्भावना संकेतका रूपमा हेरिएको थियो। 

यद्यपि, आएइएका अनुसार इरानले सन् २०२३ को उत्तरार्धमा ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनमा तीव्रता ल्याएको छ। सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्द्धन स्तर आवश्यक हुन्छ। 

सम्मेलनका क्रममा इस्लामीले ग्रोसीसँगको छलफल ‘रचनात्मक’ थियो भन्दै सन् २०२३ को सम्झौता इरान र एजेन्सीबीच ‘छलफलका लागि राम्रो आधार’ भएको कुरामा सहमति भएको बताए। 

ad
ad