१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अमेरिका लैजाने प्रलोभनमा एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:४२:oo

अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो। 

उनले अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए। 

प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिसा लगाइदिएका थिए। सोही भिसा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगी बन्धक बनाएका थिए। 

नक्कली भिसा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइदिएको थियो। नेपाल आएका उनीहरूलाई  चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएकाे थियो।  

प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगी बन्धक बनाएका थिए। उनीहरूलाई भारतीय नागरिक प्रयोग गरी सात दिनसम्म होटेलबाहिर निस्कन रोक लगाएका थिए। त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए। त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए।

ad
ad