१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २६ बुधबार १०:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्ग साउनसम्म सम्पन्न गर्ने नयाँ लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २६ बुधबार १०:३६:००

निर्माणाधीन नागढुंगा सुरुङमार्ग सुरुङ निर्माणको काम ४३ दशमलव ३५ प्रतिशत सम्पन्न भएको छ । अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमध्ये दुई हजार तीन सय ८४ मिटर सम्पन्न भएको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । आयोजना कार्यालयले मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) जानकारी दिएको छ । ‘ढिलाइ भयो भने पनि भदौसम्ममा सक्छाैँ,’ आयोजना प्रमुख शाक्यले भने । 

त्यसअघि ०७८ वैशाखभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको छ । यसअघि चैतमा अडिट टनेल सक्ने कार्ययोजना भए पनि दसैँमा घर गएका कामदार काममा नफर्किएका र पछिल्लो समय कोभिडले एक सय ३१ कामदार सक्रमण भएपछि ढिलाइ भएको उनको भनाइ छ । अहिले पनि २७ जना संक्रमित अवस्थामा रहेका छन् । आयोजनामा कुल पाँच सय ५० कामदार (प्राविधिकसहित) कार्यरत छन् । 

आयोजनाको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको छ । आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म आठ सय ७५ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ एक हजार तीन सय ४०, वर्किङ अडिट एक सय २६ र क्रस प्यासेज ४३ मिटर सम्पन्न भइसकेको छ । कुल इभ्याकुएसन, वर्किङ र क्रस प्याकेज क्रमशः दुई हजार पाँच सय ५७ मिटर, एक सय २६ मिटर र एक सय २८ मिटर रहेको छ । ‘खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ एक हजार दुई सय ४३ मिटर र धादिङतर्फ एक हजार एक सय ४१ मिटर सम्पन्न भएकोे छ । 

यसबाहेक संरचना निर्माणतर्फ चारवटा बक्स कल्भर्टमध्ये तीनवटा सम्पन्न भएका छन् । एउटा अन्डरपास सम्पन्न भइसकेको छ । आयोजनाले कुल तीनवटा अन्डरपास बनाउने योजना छ । त्यस्तै, ओभर पास एउटा निर्माण सम्पन्न भइसकेको जानकारी दिएको छ । त्यस्तै, तीनवटा पुल निर्माणमध्ये दुईवटा सकिएको छ भने फ्लाई ओभर निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको छ । ‘अहिले मुआब्जा वितरण गर्ने काम भइरहेको छ,’ आयोजना प्रमुख शाक्यले भने । त्यस ठाउँमा फ्लाई ओभरका लागि ‘फाउन्डेसन’ तयारीको कामसमेत थालिएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा अहिलेसम्म आठवटा सम्पन्न भइसकेका छन् । 

नागढुंगा सुरुङ ०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर ३७ प्रतिशत आर्थिक प्रगति भएको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्वमा जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । आयोजना अप्रिल २०२३ मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ । कोभिडका कारण बढीमा दुई महिना समय थप गर्न सकिनेछ ।