१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा छुटेका विद्यार्थीलाई खोप सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार १५:२३:oo

काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई शनिबारदेखि खोप लगाउन थालेको छ। खोप कार्यक्रमका लागि महानगरले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालयनजिकको स्वास्थ्य केन्द्र वा सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन्।

खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि महानगरले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो। कोराेना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन्। खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन महानगरले सबै विद्यालयलाई अनुरोध गरेको छ।

हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ६५ हजार बालबालिका छन्। झन्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिए। हाल महानगरमा ९० वटा सामुदायिक विद्यालय तथा ५०० भन्दा बढी निजी विद्यालय छन्। रासस