१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Thursday, 03 July, 2025
२o७८ माघ ९ आइतबार १७:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा ! रारा गोल्डकप : मनाङ सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १७:५o:oo

घरेलु मैदानमा जित हात पार्दै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत आइबार सम्पन्न क्वाटरफाइनलको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलले पाखा लगाउँदै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। मनाङले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच मंगलबार हुने खेलको विजेतासँग १३ माघमा भिड्नेछ।
पुलिसले यसअघि गत शुक्रबार सम्पन्न प्रिक्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा मनाङ भने बाई पाएर सीधै क्वाटरफाइनल प्रवेश गरेको थियो। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलमा सुरुदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए। मनाङको जितमा खेलको ६४औँ मिनेटमा रुपेश केसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ओलावालेले दिएको क्रसपासलाई उपयोग गर्दै केसी विपक्षी तीन खेलाडी र गोलरक्षकको बीचबाट पेनाल्टी क्षेत्रबाट हानेको बलले जाली चुमेको थियो।

खेलको ८७औँ मिनेटमा खेलका म्यान आफदी म्याचसमेत रहेका ओलावालेले टोलीको अग्रता दोब्बर पारेका थिए। मैदान बिचभागबाट एक्लै बल अगाडि बढाएका उनले विपक्षी खेलाडी भोलानाथ सिलवाल र अजित भण्डारीलाई छलाउँदै डि बक्सको लाइनबाट प्रहार गरेको बलले सीधै पोस्टको यात्रा तय गरेको थियो।

प्रतियोगितामा १ विदेशीसहित १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पुरस्कार पाउनेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटरसँगै वेष्ट अफ फाइफ विधातर्फ उत्कृष्ट हुनेले नगद २५ हजारसँगै ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।