मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार १२:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार १२:०९:००

सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ। सुन अघिल्लो दिन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय २५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ९२ डलर आसपास कारोबार भइरहेको छ।