नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं । नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो।

उक्त योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन्। आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ वर्षसम्म हुनेछ जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ।

यो कर्जा लिने ग्राहकले बैंकबाट रु. ५ लाखसम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र  लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। यो योजनाको अवधि ०८३ कात्तिक १५ देखि माघ १५ सम्म जम्मा ९० दिन सम्मका लागि रहने बैंकले जनाएको छ। नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते सोमबार ९०औँ वर्षमा प्रवेश गर्दै छ।

सुझावित समाचार