सानिमा बैंकको नाफा एक अर्ब नाघ्यो

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको नाफा, प्रतिसेयर आम्दानी र इक्विटीलगायत प्रमुख वित्तीय सूचकमा सुधार देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा १३१.१३ प्रतिशतले बढेर एक अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । बैंकको वित्तीय विवरणअनुसार यस अवधिमा इक्विटीमा प्रतिफल (आरओई) पनि बढेको छ । गत वर्षको सोही अवधिमा ७.६८ प्रतिशत रहेको यस्तो प्रतिफल बढेर १५.६० प्रतिशत पुगेको हो ।

त्यसैगरी गत आवमा बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ रहेकामा चालू आवको असोज मसान्तसम्म बढेर 

२९.१७ रुपैयाँ पुगेको बैंकले जनाएको छ । यस्तै, बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा १९.२७  रुपैयाँबाट बढेर २७.५८ रुपैयाँ पुगेको छ । बैंकको कर्जा तथा सापटीमा पनि वृद्धि भएको छ ।

खुद कर्जा तथा सापटी १.६९ प्रतिशतले बढेर २०७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप ११.८४ प्रतिशतले बढेर २५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

सुझावित समाचार