१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार ०६:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पौडेलसहित १० जना  केन्द्रीय सदस्यमा मनोनीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार ०६:५८:००

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका हुन् । कांग्रेसको विधानअनुसार पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

मनोनीत हुनेमा नेता पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मा रहेका छन् । मनोनीत हुने १० जनामध्ये १४औँ महाधिवेशनमा पदाधिकारीमा पराजित भएका पाँचजना छन् । 

सिंह र निधि सभापतिको पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार थिए । उनीहरूले सभापतिको दोस्रो चरणको निर्वाचनमा सभपतिमा देउवालाई सघाएका थिए । त्यस्तै, देउवा प्यानलबाट गच्छदार र सिंह प्यानलबाट सुजाता कोइराला उपसभापतिमा पराजित भएका थिए । नेता महत पनि देउवा प्यानलबाटै महामन्त्रीमा पराजित भएका थिए । सभापतिमा दोस्रो चरणमा लडेका डा. शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका छन् ।